परिवारमा काेराेना पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    परिवारमा काेराेना पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल होम क्वरेण्टीनमा बस्नुभएको छ ।

    उहाँका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वरेण्टीनमा बस्नुभएको हो । उहाँको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् ।

    मन्त्री ढकालका छाेरा बैंकमा कार्यरत थिए । कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेकाे उहाँको निजी सचिवालयले जनाएको छ ।