कोरोना पुष्टि भएका दुई महिला खाजा घर सञ्चालक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कोरोना पुष्टि भएका दुई महिला खाजा घर सञ्चालक

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँमा आइतबार कोरोना सङ्क्रमित भएका दुई महिला खाजा घर सञ्चालक भएको खुलेको छ । ती महिलाहरु व्यास नगरपालिका–१ स्थित गल्वुवेशीमा खाजा घर सञ्चालक भएको खुलेको हो ।

    स्वास्थ्य निर्देशनालयले भानु नगरपालिका–१३ का ३७ वर्षीय पुरुष र २३ वर्षीया महिलालाई सङ्क्रमण पुष्टि भएको बिहान प्रेस विज्ञप्तीमार्फत् सार्वजनिक गरेको थियो । तर ती दुवै महिला रहेको हाल व्यास नगरपालिकामा बसोबास रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

    सङ्क्रमितमध्ये एक जनालाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला र अर्कालाई पुरानाे कृषि विकास बैङ्ककाे भवनमा निर्माण गरिएको आइसोलेशनमा राखिएको सोतीले जानकारी दिनुभयो ।