निजामति दिवसमा सेवाग्राहीलाई सम्मान गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामति दिवसमा सेवाग्राहीलाई सम्मान गरिने

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ : निजामति सेवा दिवसको अवसरमा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा सोमबार सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

    कोभिड–१९ को बढ्दो सङ्क्रमणको कारण भौतिक तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउने निर्णय भएको छ । “स्वच्छ र सक्षम निजामति प्रशासन ः समृद्धि र सुशासन” भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा प्रत्येक कार्यालयको मूल ढोकामा व्यानर टाँस गरिनेछ । साथै कार्यालयमा कार्यरत कर्मचारीको प्रतिभा प्रस्फूटन गर्ने किसिमको कथा, कविता तथा गजल वाचन कार्यक्रम गरिने तय भएको छ ।

    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र पण्डित, सहसचिव कृष्ण न्यौपाने, निजामति कर्मचारी सङ्गठनका अध्यक्ष रुद्रसिंह ठकुरी, नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) का अध्यक्ष नारायणप्रसाद अधिकारी लगायत उपस्थित थिए ।