शुक्लागण्डकी र भानुका दुई पुरुषमा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी र भानुका दुई पुरुषमा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा शुक्लागण्डकी र भानुका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    चितवन मेडिकल कलेजले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–१२ का ३२ र भानु नगरपालिका–४ का ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    आइतबार मात्रै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार तनहुँका चार स्थानीय तहमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    No photo description available.