विभिन्न चार प्रदेशमा हल्का वर्षा, दिउँसो र राति भारी वर्षाको पूर्वानुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विभिन्न चार प्रदेशमा हल्का वर्षा, दिउँसो र राति भारी वर्षाको पूर्वानुमान

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    काठमाडौँ : मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको महामशाखाले जनाएको छ ।

    आज राति भने अहिले हल्का वर्षा भइरहेका प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महानशाखाले जनाएको छ ।