तनहुँका चार स्थानीय तहमा थपिए ७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका चार स्थानीय तहमा थपिए ७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँ जिल्लाका चार स्थानीय तहमा सात कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका पाँच पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको हो ।

    बन्दीपुर गाउँपालिका वडा नं ५ का ५० वर्षीय, भानु नगरपालिका वडा नं १३ का ३७ वर्षीय पुरुष र २३ वर्षीया महिला, व्यास नगरपालिका वडा नं २ का ४२ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका वडा नं ८ का २४ वर्षीय पुरुष, वडा नं ३ का ७६ वर्षीय पुरुष र वडा नं ११ का ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् ।

    गण्डकी प्रदेशमा आइतबार बिहानै ६७ सङ्क्रमित थपिएका छन् । कास्कीमा २०, लमजुङमा दुई, बागलुङमा तीन, स्याङ्जामा २२, नवलपुरमा १३ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।