काठमाडाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईले आफ्नाे जन्मदिनकाे अवसरमा आइतबार एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयाेग गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराईले जन्मदिनकाे अवसरमा खातुनलाई रु ५० हजार सहयाेग गर्नुभएकाे हाे ।
गत वर्षकाे भदाै २० गते विद्यालय जाने क्रममा वीरगञ्जमा दुई युवाले खातनुमाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते खातुनकाे हाल उपचार चलिरहेकाे छ । नाै कक्षामा अध्ययनरत खातनुलाई अध्ययनमा खर्चमा सहयाेग पुगाेस् भनेर मन्त्री भट्टराईले आर्थिक सहयाेग गर्नुभएकाे हाे ।