मल नल्याएपछि दुई ठेकेदारलाई कारबाहीको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मल नल्याएपछि दुई ठेकेदारलाई कारबाहीको तयारी

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    काठमाडाै : ठेक्का लिएर तोकिएको समयसम्म पनि मल नल्याएका दुई ठेकेदार कम्पनीलाई कारबाही हुने भएको छ ।  गत पुसमा ठेक्का लिएर भदौ २० सम्म मल ल्याउने गरी सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टीपल कम्पनीलाई कारबाही गर्न लागिएको हो ।

    ठेक्का सम्झौता गर्ने कृषि सामग्री कम्पनी लिमिटेडको अहिले बैठक बसिररहेको छ । उक्त बैठकले दुवै ठेकेदारको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने विषयमा छलफल भइरहको स्रोतले जानकारी दियो । सम्झौता गरेर पनि मल नल्याएका ती ठेकदार कम्पनीको धरौटी जफत गर्ने र कालोसूचीमा राख्न कृषि विकास मन्त्रालयलाई सिफारिस गर्न सक्ने स्रोतको भनाइ छ ।

    संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई ठेक्का थिएको थियो । तर, तोकिएको समयसम्म पनि मल नल्याएपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो ।