तनहुँ : तनहुँको व्यास नगरपालिकामा तीन कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका-११ का २७, ४७ र व्यास नगरपालिका-१ का ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।