ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    काठमाडाै : गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण भएको पाइएको छ।

    पक्राउ परेका सोह्रै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोरोना भाइरस रहेको पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसर स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

    परिसरका प्रमुख, एसपी टेकबहादुर राईका अनुसार अहिले पक्राउ परेका मानिसलाई पहिलेदेखि नै क्वारेन्टिन (अलग–अलग) मा राखिन्छ र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइन्छ। त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि अदालत लगिन्छ।