डायलासिस गराउन पोखरा पुग्नुभएका व्यासका युवालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डायलासिस गराउन पोखरा पुग्नुभएका व्यासका युवालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, सोमबार

    तनहुँ : डायलासिस गराउन पोखरा पुग्नुभएका तनहुँको व्यास नगरपालिकाका एक युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका-४ निवासी २६ वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालये सोमबार जारी गरेको विवरणमा उल्लेख छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गराउन पुग्नुभएका उहॉको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहॉलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी गरिएको छ ।

    तनहुँको व्यास नगरपालिकामा सोमबार मात्रै तीन जना सङ्क्रमित थपिएका थिए ।