तनहुँ : निजामती सेवा दिवसको अवसरमा जिल्लाका स्थानीय तहले कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेका छन् । स्वच्छ र सक्षम निजामती प्रशासन ः समृद्धि र सुशासन भन्ने मूल नाराका साथ सोमबार निजामती सेवा दिवस मनाइँदैछ ।
तनहुँको देवघाट गाउँपालिकाले पहिलो सेवाग्राही देवघाट गाउँपालिका–५ निवासी सुकबहादुर रानालाई मास्क वितरण गरी कार्यालयमा स्वागत गरेको छ । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सेवाग्राहीलाई मास्क वितरण गरी कार्यालयमा स्वागत गर्नुभएको थियो ।
म्याग्दे गाउँपालिकाले पनि पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिसागर खनालले सेवाग्राहीलाई फूल दिएर सम्मान गर्नुभयो ।
व्यास नगरपालिकाले पनि पहिलो सेवाग्राहीलाई खादा ओढाएर सम्मान गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सेवाग्राहीलाई खादा र टिका लगाएर सम्मान गर्नुभयो ।