थप आठ कोरोना सङ्क्रमित निको, निको हुने २२२ पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थप आठ कोरोना सङ्क्रमित निको, निको हुने २२२ पुगे

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँमा थप आठ कोरोना सङ्क्रमित निको भएका छन् । भानु नगरपालिकाका पाँच र बन्दीपुर गाउँपालिकाका तीन सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार सोमबार आठ जना सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुने कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २२ पुगेको छ । हालसम्म भानु नगरपालिकाका ३३, व्यास नगरपालिकामा ३४, शुक्लागण्डकी नगरपालिकाका १६, भीमाद नगरपालिकाका १४, म्याग्दे गाउँपालिकाका १३, घिरिङ गाउँपालिकाका २८, ऋषिङ गाउँपालिकाका ४८, देवघाट गाउँपालिकाका ३, बन्दीपुर गाउँपालिकाका २६ र आँबुखैरेनी गाउँपालिकाका ७ सङ्क्रमित निको भएका छन् ।

    जिल्लामा हालसम्म तीन सय ३ जनालाई सङ्क्रमण भएकामा अब ८१ सक्रिय सङ्क्रमित छन् । भानु नगरपालिकाका ३७, व्यास नगरपालिकाका १५, शुक्लागण्डकी नगरपालिकाका ८, म्याग्दे गाउँपालिकाका ९, देवघाट गाउँपालिकाका ९, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका दुई सङ्क्रमित आइसोलेशन कक्षमा उपचाररत छन् ।

    Image may contain: text that says '०६५- ५६३११९ कोभिड-१९ सम्बन्थि तनहँ जिल्लाको अध्यावधिक विवरण dhotanahun@gmail.com भाद्र २२, २०७७ RT-PCR परिक्षण RDT परिक्षण जम्मा पोजिटिभ केसहरु 6643 931 आइसोलेसनमा पुष्टी भएका केसहरु 303 निको भएका केसहरु 222 81 क्वारेन्टाइनमा रहेकाव्यक्तिहर 50 तनहुँ जिल्ला (गाउँपालिका /नगरपालिका) तनहँ जिल्लामा कोभिड-१९संक्रमितका संक्रमितका पालिका स्तरीय विवरण Tanahun District (Gaunpalika/ Nagarpalika) Shuklagandaki 24 14 22 Myagde Gaunpali 28 a 12 लिडग अनुसार कोभिड-१९ का बिरामीहरु लिडग अनुसार कोभिड-१९ बिरामीहरु हाल आइसोलेसनमा रहेका डिस्चार्ज भएका कोभिड -१९ का बिरामीहरुको प्रतिशत 17% हाल आइसोलेसनमा रहेका डिस्चार्ज भएका कोभिड -१९ का बिरामीहरुको प्रतिशत 83% महिला 0.98% पुरुष उपचार पश्चात् 72.54% 26.47% आईसोलेशनमा रहेको भइको'