देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    काठमाडौं : मंगलबार देशका अधिकांश स्थानमा सामान्य बदली पानी पर्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सामान्यताया बदली रही प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरु हल्का पानी परिररहेको छ ।  मनसुनको न्युन चापीय रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । 

    आज दिउँसोपछि देशका केही स्थानमा बदली रही मेघगर्जनसहित पानी परे सम्भावना रहेको छ भने प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 

    त्यस्तै आज राति पनि देशको प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।