नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन प्रशासनद्वारा अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन प्रशासनद्वारा अपिल

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको विभिन्न क्षेत्रमा मङ्गलबार बिहानदेखि भारी वर्षा भएका कारण नदीमा पानीको बहाव बढेको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा जल तथा मौसम विज्ञान विभागबाट जानकारी गराई अनुसार बिहानैदेखि विभिन्न क्षेत्रमा भारी वर्षा भएका कारण मादी, सेती, बुल्दी, साँगे लगायतका खोलामा बिहानैदेखि पानीको बहाव बढेको हाे ।

    आज दिनभर लगातार वर्षा हुने तथा केही दिनसम्म पानी पर्न सक्ने भएकाले नदी लगायत अन्य खोलाहरु आसपास नजान जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा डुबान, भूक्षय, बाढी, पहिरो जान सक्ने भएकाले जोखिम रहेका क्षेत्रहरुमा सतर्क रही आवश्यक सावधानी अपनाउन र सचेत रहन अपिल गरिएको बताउनुभयो ।