२४ घण्टामा तनहुँको ५१ स्वाब परीक्षण, आइसोलेशनमा रहेका १३ जनाको रिपोर्ट पुनः पोजटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २४ घण्टामा तनहुँको ५१ स्वाब परीक्षण, आइसोलेशनमा रहेका १३ जनाको रिपोर्ट पुनः पोजटिभ

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : पछिल्लो २४ घण्टाको अवधिमा तनहुँ जिल्लाबाट पठाइएका ५१ जनाको स्वाब परीक्षण गरिएको छ । पिसीआर परीक्षणका लागि पठाइएका ५१ जनामध्ये ३५ जनाको जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा तीन जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका १३ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ । मङ्गलबार आँबुखैरेनी गाउँपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार २४ घण्टाको अवधिमा उक्त प्रयोगशालामा गण्डकी प्रदेशका सात जिल्लाका ६ सय ४४ स्वाब परीक्षण गरिएको छ । त्यसमध्ये ५ सय ६० जनाको रिपोर्ट नेगेटिभ, ४८ जनाको रिपोर्ट पोजिटिभ छ भने आइसोलेशनमा रहेका ३६ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ ।