‘शहीदको योगदानलाई भुल्न मिल्दैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ‘शहीदको योगदानलाई भुल्न मिल्दैन’

    विवि श्रेष्ठ

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले शहीदको योगदान भुल्न नहुनेमा जोड दिनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को २२ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध बनाउनुपर्नेको विकल्प नभएकोमा जोड दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं तनहुँ सहइन्चार्ज प्रतापलाल श्रेष्ठले शहीदले बलिदानले नै परिवर्तन सम्भव भएको बताउँदै देश र समाज परिवर्तनका लागि शहीदको योगदान भुल्न नमिल्ने बताउनुभयो । वर्ग सङ्घर्षका लागि जीवन नै समर्पण गरेका शहीदहलाई राज्यले सँधै सम्मान गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपानेले जनयुद्धका शहीदहरु सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को राजनीति इतिहासका बारेमा प्रष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, जिल्ला कमिटी सदस्य श्रीप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य शङ्करनारायण श्रेष्ठ, व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्की, प्रतिनिधि सभा सदस्य कलिला खान लगायतले पार्टीलाई बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।