


एजेन्सी : फोर्ब्स म्यागजिनले सबैभन्दा धनि ४ सय अमेरिकनहरुको सुची जारी गरेको छ । यस सुचिमा पछिल्लो तीन बर्षदेखि अमेजनका संस्थापक जेफ बेजोस शिर्ष स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १७९ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
त्यस्तै यस सुचीको दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेका छन् । गेट्सको कुल सम्पति १११ बिलियन डलर रहेको छ ।
त्यस्तै फेसबुकका मालिक मार्क जुकरबर्ग यस सुचिमा तेस्रो स्थानमा रहेका छन् । जुकरबर्गको सम्पति ८५ बिलियन डलर रहेको छ ।
त्यस्तै ९० बर्षिय वारेन बफेट यस सुचिमा चौथो स्थानमा छन् । उनको कुल सम्पति ७३.५ बिलियन डलर रहेको छ । त्यस्तै यस सुचिमा पाँचौ स्थानमा ओराकलका सह संस्थापक लारी एलिसन रहेका छन् । एलिसनको कुल सम्पति ७२ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
त्यस्तै माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मेर छैठौ स्थानमा रहेका छन् । उनको कुल सम्पति ६९ बिलियन डलर रहेको छ । त्यसैगरी यस सुचीको सातौ स्थानमा स्पेस एक्सका एलोन मस्क रहेका छन् । उनको कुल सम्पति ६८ बिलियन डलर रहेको छ ।
त्यस्तै यस सुचीको आठौ स्थानमा गुगलका ल्यारी पेज रहेका छन् । उनको कुल सम्पत्ति ६७.५ बिलियन डलर रहेको छ । धनि अमेरिकनको सुचीमा नवौ स्थानमा गुगलकै सेर्गी ब्रीन रहेका छन् । उनको सम्पति ६५.७ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । त्यसै गरि यस सूचिको दशौ स्थानमा वालमार्टका एलाइस वाल्टन रहेका छन् । वाल्टनको कुल सम्पत्ति ६२.३ बिलियन डलर रहेको छ ।