तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार थप तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिकाका दुई पुरुष र म्याग्दे गाउँपालिकाका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार देवघाट गाउँपालिका वडा नं ४ का ४२ र वडा नं ५ का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै म्याग्दे गाउँपालिका वडा नं ६ की ६० वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । म्याग्देकी ६० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ । देवघाट गाउँपालिकाका दुई जना भने कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

    त्यस्तै लमजुङका एक, कास्कीका दुई र स्याङ््जाका एक जनामा भने कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार बिहान मात्रै ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ७९ पुगेको छ ।