जोशी विरुद्धको कारवाही फिर्ता गर्न माग गर्दै दुई हजार कार्यकर्ताकाे हस्ताक्षर सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जोशी विरुद्धको कारवाही फिर्ता गर्न माग गर्दै दुई हजार कार्यकर्ताकाे हस्ताक्षर सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बुधबार

    तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी विरुद्धको कारवाही फिर्ता माग गर्दै गृहजिल्ला तनहुँका कार्यकर्ताले हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि जोशीलाई निष्काशन गर्ने निर्णय गरेपछि उहाँ निकट कार्यकर्ताले उक्त निर्णय फिर्ताको माग गर्दै हस्ताक्षर सङ्कलन गरेका हुन् ।

    पार्टीलाई अतुलनीय योगदान पु¥याएको व्यक्तिलाई नै कारवाही गरिँदा पार्टी सङ्गठन कमजोर हुने भएकाले कार्यकर्ताबाट सङ्कलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने जोशी निकट नेता डिल्लीराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ को प्रभावका कारण गाउँ–गाउँमा पुगेर हस्ताक्षर सङ्कलन गर्न अप्ठ्यारो भएकाले उपलब्ध जिल्लाका दुई हजार सक्रिय कार्यकर्ताको हस्ताक्षर पार्टी सभापतिलाई पठाइनेछ ।

    “आवश्यक परेको खण्डमा बाँकी सक्रिय सदस्यहरुको हस्ताक्षर पछि गर्नेछौ, केन्द्रीय समितिले निर्णय फिर्ता नलिएमा नेपाली काङ्ग्रेसको साधारण सदस्यता समेत नरहने गरी राजिनामा दिन्छौ,” उहाँले भन्नुभयो ।

    जोशी निकट नेता हरिशरण पण्डितले जोशीमाथिको कारवाही पूर्वाग्रही रहेकाले उक्त निर्णयले सम्पूर्ण कार्यकर्तालाई चोट परेको बताउनुभयो ।

    काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी हस्ताक्षरसँगै पठाइएको विज्ञप्तीमा विसं २०१९ सालदेखि काङ्ग्रेसमा आबद्ध भई पार्टीमा लामो योगदान पु¥याएका नेतालाई कारवाही गरिनु दुःखद रहेको उल्लेख गरिएको छ ।