नेप्सेमा दोहोरो अंकले बृद्धि, दुई अर्ब ५६ करोडको कारोबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्सेमा दोहोरो अंकले बृद्धि, दुई अर्ब ५६ करोडको कारोबार

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, बुधबार

    काठमाडौ : नेप्से दोहोरो अंकले बृद्धि भएको छ । सातौ चौथो कारोवार दिन आज बुधबार नेप्से १३ दसमलव पाँच अंकले बढेर १५ सय आठ दसमलव २० बिन्दुमा चढ्दा सेन्सिटिभ पनि शुन्य दसमलव १९ अंकले बढेर दुई सय ९९ दसमलव ६६ बिन्दुमा चढेको छ ।

    एक सय ९४ कम्पनीहरुको २९ हजार एक सय २४ वटा कारोवारमा ५७ लाख ९८ हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदां आज कारोवार दुई अर्ब ५६ करोड ३४ लाख १५ हजार एक सय ८६ रुपैयाँ पुगेको छ । 

    नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये बाँणिज्य बैक र बिकास बैंक समुहको सुचक सामान्य अंकले घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन ।

    ति मध्ये जलबिद्युत समुहको सुचक सात दसमलव दुई अंकले बढेर ११ सय एक दसमलव सात बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६१ दसमलव ८१ अंकले बढेर सात हजार सात सय ३६ बिन्दुमा चढेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

    नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १० हजार आठ सय ६८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९२ पैसाले घटेर तीन सय ५४ रुपैयाँमा कारोवार भएको छ ।

    यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता आठ सय ९१ रुपैयाँ अन्तिम मुल्यमा २२ करोड ३१ लाख २२ हजार दुई सय ८८ रुपैयाँको कारोवार भएको छ ।