रोटर्याक्ट क्लवले रक्तदान कार्यक्रम गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्ट क्लवले रक्तदान कार्यक्रम गर्ने

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : रोटर्याक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोनाको प्रभावका कारण लामो समयदेखि रक्तदानका कार्यक्रम नहुँदा अस्पतालमा रगतको अभाव हुन थालेपछि क्लवले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

    भदौ ३० गते मङ्गलबार १८ औं जिल्ला तथा सातौ राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष राज श्रेष्ठले जानकारी दिनुभयो । कोभिड–१९ को त्रासका कारण निकै कम मात्रामा रक्तदान हुने गरेकाले रगतको आवश्यकता पूर्ति गर्नका लागि कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

    क्लवले स्व. सचिन श्रेष्ठको स्मृतिमा वार्षिक रुपमा रक्तदान र खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।