केशवटार मोटरमार्ग कालोपत्र हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    केशवटार मोटरमार्ग कालोपत्र हुने

    विवि श्रेष्ठ

    २६ भाद्र २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका–१४ केशवटार मोटरमार्गमा पक्कीनाला सहित कालोपत्रे हुने भएको छ । व्यास नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को विनियोजित बजेट र गण्डकी प्रदेश सरकारको समानीकरण अन्र्तगत मोटरमार्गको कालोपत्रे हुन लागेको मोटरमार्गका अध्यक्ष युवराज आलेले बताउनुभयो ।

    पक्की नाला सहित ३५९ मिटर लम्वाई, ५ मिटरको चौडाई र २१४ मिटर लम्बाई, ४ मिटर चौडाईको गरि कुल ५७३ मिटर लम्बाई कालोपत्रे हुन लागेको व्यास नगरपालिकाका सव इन्जिनियर विनोद गौतमले जानकारी दिनुभयो । गत आर्थिक वर्षको एक करोड विनियोजित बजेटबाट खर्च हुने गरी शुरु गर्न लागिएको कालोपत्रे यही असोज मसान्तभित्र सक्ने गरि काम तयारी गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । केशवटारको मुख्य बजारदेखि कालोपत्रे शुरु गरिनेछ ।

    व्यास नगरपालिका–२ हरि शान्ति कन्ट्रक्सनले ठेक्का पाएको उक्त केशवटार मोटरमार्गको काम सम्झौता अवधिभित्रमा नै काम सकिने समाजसेवी दुर्गाबहादुर आलेले बताउनुभयो । पक्की नाली सहित सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।