कहॉ-कहॉ पर्छ पानी आज ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कहॉ-कहॉ पर्छ पानी आज ?

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शनिबार

    काठमाडौ : आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

    अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ । 

    आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।