पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको शनिबार बिहान मृत्यु भएको छ । भदौ २४ गते कोरोना सङ्क्रमण भई उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानल जनाएको छ।
कोभिड-१९ सङ्क्रमित भई प्रतिष्ठानमा मृत्यु हुने निज दशौ सङ्क्रमित रहेको प्रतिष्ठानका सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयो ।