शारीरिक अपाङ्गता श्रेष्ठलाई इनरह्वील क्लवको छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    शारीरिक अपाङ्गता श्रेष्ठलाई इनरह्वील क्लवको छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ निवासी शारीरिक अपाङ्गता प्रतिमा श्रेष्ठलाई इनरह्वील क्लव अफ दमौलीले छात्रवृत्ति प्रदान गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर क्लवले श्रेष्ठलाई सोमबार छात्रवृत्ति स्वरुप नगद र शैक्षिक सामग्री प्रदान गरेको हो ।

    क्लवका अध्यक्ष आशा बानियाँ लगायत पदाधिकारी एवं सदस्यहरुले श्रेष्ठलाई रु २० हजार एक सय २५ नगद, पोशाक, पाठ्यपुस्तक र झोला प्रदान गर्नुभएको छ । श्रेष्ठको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य स्वरुप छात्रवृत्तिका लागि सहयोग गरिएको बानियाँले बताउनुभयो ।

    Image may contain: 6 people, including Asha Chhetri

    श्रेष्ठ सोही वडाको जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । श्रेष्ठलाई क्लवले गत वर्षदेखि सहयोग गर्दै आइरहेको छ । क्लवका पूर्व अध्यक्ष एवं परिकल्पनाकार निर्मला मल्लले गत वर्ष रु १४ हजार नगद र शैक्षिक सामग्री सहयोग गरिएको र आगामी वर्ष पनि छात्रवृत्ति स्वरुप सहयोग गरिने जानकारी दिनुभयो ।

    Image may contain: 3 people, people standing and outdoor

    सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव शर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष नारायणी अधिकारी, पूर्व अध्यक्ष अरुणा श्रेष्ठ, निवर्तमान श्रेष्ठ सरु श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो । क्लवले महिला तथा बालबालिकाको हकहितका लागि विभिन्न सहयोग गर्दै आएको छ ।