आइसाेलेशनका लागि जिपीमा छुट्टै भवन बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आइसाेलेशनका लागि जिपीमा छुट्टै भवन बन्ने

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ बेलचाैतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसाेलेशन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शैय्या क्षमताको आइसाेलेशन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दाेस्राे र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसाेलेशन सञ्चालनमा ल्याईएको छ ।

    अस्पतालको नियमित सेवा सुचारु गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसाेलेशन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनकाे चरणमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

    सङ्घीय सरकारले ५० शैय्या क्षमताको आइसाेलेशन भवन बनाउन एक करोड रुपैयाँ बजेट पठाएकामा अपुग हुने भएपछि ३० शैय्याको आइसाेलेशन बनाइने श्रेष्ठले जानकारी दिनुभयो ।