शुक्लागण्डकीमा थपिए ६ जना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा थपिए ६ जना संक्रमित

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो सार्वजनिक गरेको विज्ञप्तीमा ५ जना पुरुष र १ बालिकालाई संक्रमणको पुष्टि भएको हो ।

    शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र १० वर्षीया बालिका , वडा नम्बर ११ का २३ वर्षीय पुरुष र वडा नखुलेका २४ र ३४ वर्षको पुरुषलाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यसअघि तनहुँको ऋषिङ गाउँपालिकाका ११ जना र व्यास नगरपालिकाका १ जना संक्रमित थपिएका थिए ।

    तनहुँका ६ जना सहित कास्कीको पोखरा महानरपािलकाका ३० जना र रुपा गाउँपालिकाका ४ जनासहित ३४ जना, लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जना र स्याङजाको पुतलीबजार नगरपालिकाको १ जनालाई संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।