सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइने

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    तनहुँ : संविधान दिवसको अवसरमा जिल्लाका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइने भएको छ । दिवसको अवसरमा असाेज २, ३ र ४ गते जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराउन जिल्ला प्रशासन कार्यालय तनहुँले परिपत्र गरेको छ ।

    कार्यालयले तीन दिन नै घर घरमा साँझ दिप प्रज्ज्वलन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै विभिन्न मन्दिर, बुद्धविहार, मस्जिद, चर्च एवं गुरुद्वार लगायतका धर्मिक स्थानमा नित्य पूजा गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चीरशान्तिका लागि उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै पूजापाठ तथा प्रार्थना गर्न अनुरोध गरिएको छ ।