अपडेट : शुक्लागण्डकीका सङ्क्रमित आर्मी र प्रहरी पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपडेट : शुक्लागण्डकीका सङ्क्रमित आर्मी र प्रहरी पनि

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा थपिएका ६ जना कोरोना सङ्क्रमितमध्ये दुई जना आर्मी र प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो सार्वजनिक गरेको विज्ञप्तीमा ५ जना पुरुष र १ बालिकालाई संक्रमणको पुष्टी भएको हो । आर्मी, प्रहरी, होमक्वारेन्टिनमा बसेका र समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

    सङ्क्रमण पुष्टि भएका श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका ३४ वर्षीय पुरुष, गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण तनहुँका २४ वर्षीय पुरुष, होम क्वारेन्टिनमा रहेका शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुषमा सङक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार शुक्लागण्डकी ६ की १० वर्षीया बालिकालाई पनि सङ्क्रमण देखिएको छ ।

    १० वर्षीय बालिका र ३४ वर्षका आर्मी बिहीबार खैरेनीटारस्थित खैरेनी माविकाे सटरलाईनमा फलफूल व्यपार गर्दै आएकी ३० वर्षीया महिलालाई सङ्क्रमणको पुष्ट भएपछि कन्ट्याक ट्रेसिङमा परेका थिए ।

    आर्मीका ५ जना, प्रहरीका ५ जना सहित शुक्रबार ६८ जनाको स्वाब सङ्कलन गरि पिसीआर परीक्षणका लागि पोखरा पठाइएकामा ६२ जनाको रिपोर्ट नेगेटिभ आएको श्रीवास्तवले बताउनुभयाे । शुक्लागण्डकीमा हालसम्म सङ्क्रमितको संख्या २९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।