क्याप्टेन विजय लामालाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, सोमबार

    काठमाडाै : नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामासहित अर्का एक पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामाले आफू कोरोना भाइरसबाट संक्रमित भएको सार्वजनिक रुपमै बताउनुभएकाे छ ।

    उहाँसँगै शान्ति सैनिकको टोलीलाई सुडान पु‍र्याएर फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उहाँहरुले आइतबार स्वाब दिनुभएकाे थियाे । अहिले उहाँहरु सोल्टी होटलमा आइसोलेसनमा बस्नुभएकाे छ ।

    उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ।