तनहुँ : तनहुँको व्यास नगरपालिका-३ स्थित तमुसार क्होवेमा निर्माण गरिएको सङ्ग्रहालयका लागि तस्वीरहरु हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल बहादुर गुरुङ र भीमराज गुरुङले तयार पारेको चित्रहरु सोमबार सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको हो ।
गल र भीमराज मिलेर लकडाउनको अवधिमा गुरुङ संस्कार झल्कने विभिन्न तस्वीर तयार पार्नुभएको थियो । उहॉका अनुसार गुरुङ जातिको जन्मेदेखि मृत्युसंस्कार झल्किने तस्वीरहरु सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । “उक्त तस्वीरहरुले गुरुङ जातिको रीतिरिवाज बुझ्न सबैलाई सहज हुन्छ,” गुरुङले भन्नुभयो ।
उक्त तस्वीरहरु सोमबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तमु सुधार समाजका अध्यध एवं व्यास नगरपालिका-४ का वडासदस्य मनबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।