सहकारीको वार्षिकोत्सवमा दिवङ्गत शेयर सदस्यका परिवारलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सहकारीको वार्षिकोत्सवमा दिवङ्गत शेयर सदस्यका परिवारलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले दिवङ्गत दुई शेयरका सदस्य परिवारलाई राहत रकम सहयोग गरेको छ । सहकारीले दोस्रो वार्षिकोत्सवको अवसरमा दिवङ्गत दुई शेयर सदस्यका परिवारलाई जनही रु २५ हजारका दरले राहत रकम वितरण गरेको हो ।

    सिद्धि गणेश टोल सुधार समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रगति मार्ग टोल सुधार समितिका अध्यक्ष लाल बहादुर थापा मार्फत् संस्थाका सदस्यद्वय स्व. चन्द्र बहादुर थापा र स्व. भक्तमाया थापाको परिवारलाई उक्त रकम प्रदान गरिएको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    सहकारीले गत आर्थिक वर्ष ०७६÷७७ मा रु २१ करोडको कारोबार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । संस्थाको अधिकृत पूँजी वृद्धि भएर रु दुई करोड २३ लाख पुगेको सहकारीले जनाएको छ ।