थप पॉच कोरोना सङ्क्रमित निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थप पॉच कोरोना सङ्क्रमित निको

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँका थप पॉच कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा रहेका पॉच जना निको भएर घर गएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, ऑबुखैरेनी गाउँपालिका, व्यास नगरपालिकाका एक/एक र म्याग्देका दुई सङ्क्रमित निको भएका हुन् ।

    योसँगै तनहुँमा कोरोना निको हुनेको सङ्ख्या २३१ पुगेको छ । हालसम्म ३१ महिला र २ सय पुरुष निको भएका छन् । जिल्लामा सोमबारसम्म कूल ३ सय ५४ लाई सङ्क्रमण भएको छ भने १ सय १९ सङ्क्रमित सक्रिय छन् ।