अत्रौलीमा आधारभूत स्वास्थ्य केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    अत्रौलीमा आधारभूत स्वास्थ्य केन्द्र

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका-१ अत्रौलीमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु भएको छ । ग्रामीण भेगका जनतालाई गाउँमै सेवा दिने उदेश्यले स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको हो ।

    उक्त भवनको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिलान्यास गर्दै समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । गाउँमै स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण स्वास्थ्य सेवा लिन अन्यत्रै जानुपर्ने बाध्यता अब हट्ने रानाको भनाई छ ।

    रु २७ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन मङ्सिर मसान्तभित्र सम्पन्न हुने गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।