तनहुँमा थपिए ९ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ९ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार थप ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार ४ महिला र ५ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसारा शुक्लागण्डकी नगरपालिका–५ का ५०, २८, ३४ वर्षीया महिला, ८, ४२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का २८ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–१० का १७ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–२ का २१ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।

    मङ्गलबार तनहुँ सहित कास्की, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा र नवलपुरका ४७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३११२ पुगेको छ ।