बढ्यो सुनचाँदीको मुल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्यो सुनचाँदीको मुल्य

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    काठमाडौं : मङ्गलबार पनि सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकेको छ, जुन हिजो भन्दा ६०० रुपैयाँले बढी हो ।

    हिजो सुनको मुल्य प्रतितोला रु. ९६ हजार ९०० थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार तोकिएको छ ।  आज चाँदीको मुल्य पनि तोला २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य प्रतितोला १३४० रुपैयाँ तोकिएको छ । हिजो यो धातुको मुल्य प्रतितोला १३२० रुपैयाँ रहेको थियो ।