तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले भानु नगरपालिकाको मुख्य कार्यालय फुस्रेटारमा नै राख्न माग गरेको छ । काङ्ग्रेस तनहुँको मङ्गलबार बसेको पदाधिकारी बैठकले सरकारले निर्णय गरी राजपत्रमा केन्द्र परिवर्तनको सूचना नआउँदासम्म केन्द्र स्थानान्तरण नगर्न माग गरेको हो ।
स्थानीय तहको पुर्नसंरचना हुँदा राजपत्रमा प्रकाशित भानु नगरपालिकाको केन्द्र भानुनगरपालिका–२ फुर्सेटार रहेकामा सरकारको निर्णय बिना केन्द्र स्थानान्तरण गर्नु कानुनत परिपक्क हुन नसक्ने हँुदा नगरपालिकाको मुल प्रशासकीय केन्द्र फुस्रेटारमा नै यथावत राखी अन्य शाखागत सेवा शहरी विकास कार्यलयको भवनमा सञ्चालन गर्न अनुरोध गरिएको कार्यवाहक सभापति जितप्रकाश आलेले बताउनुभयो ।
“विगत २०७६ माघ महिनादेखि भानु नगरपालिकाको केन्द्र फुस्रेटारमा केन्द्रको जग्गा अपुग भई भवन समेत साँघुरो भएकाले न्सार स्थित शहरी विकास कार्यालयमा स्थानान्तरण गर्न प्रक्रिया अघि बढाइएको र स्थानीय सरकार सञ्चालन ऐनको प्रक्रिया पूरा गरी नेपाल सरकारबाट निर्णय आउन बाँकी नै रहेको अवस्था छ,” काङ्ग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जनस्तरमा विवाद भई पटक–पटक छलफल भईरहेको र हाल पुनः शहरी विकास मन्त्रालय स्तरीय निर्णयबाट शहरी विकास कार्यालयको भवनमा नगरपालिका स्थानान्तरण गर्ने विषयले विवाद सिर्जना भएको छ ।”