असोज १ देखि लामो दूरीका सवारी चल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    असोज १ देखि लामो दूरीका सवारी चल्ने

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, मंगलवार

    काठमाडाै : सरकारले असोज गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयाे ।

    मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।  यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

    यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले बताउनुभयाे ।