हाइस्कूलटारमा एक युवक मृत अवस्थामा फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    हाइस्कूलटारमा एक युवक मृत अवस्थामा फेला

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ हाइस्कूलटारमा मङ्गलबार साँझ एक युवा मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ बस्ने १८ वर्षीय आकाश रिजाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    हाइस्कूलटारस्थित आदम खोल्सा नजिकै मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । युवाको शव पोष्टमार्टका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ ।