एकाबिहानै भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकाबिहानै भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    काठमाडौ: सिन्धुपाल्चोक राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    भूकम्पको धक्कापछि नागरिक घरबाहिर निस्केका थिए । २०७२ सालको विनाशकारी भूकम्पले पनि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति गरेको थियो । भूकम्पकै कारण जमिनमा धाँजा फाटेपछि सिन्धुपाल्चोकमा यो वर्षको मनसुनमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ ।

    भूकम्पपछि परकम्प जान छाडेको छैन । यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिनुभयो ।