तनहुँ : तनहुँमा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास नगरपालिकाका २ जना र घिरिङ गाउँपालिकाका ३ जनालाई संक्रमणको पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा व्यास नगरपालिका–१ का २१ वर्षीय पुरुष, व्यास–११ का २८ वर्षीय पुरुष र घिरिङ गाउँपालिका–१ क २६ र २३ वर्षीय पुरुष तथा घिरिङ–३ का २७ वर्षीय पुरुषलाई संक्रमणको पुष्टि भएको छ ।
तनहुँका ५ सहित गण्डकी प्रदेशमा ५० जना संक्रमित थपिएका छन् । कास्कीमा २९ जना, गोरखाका १३ जना र बाग्लुङका ३ जना संक्रमित थपिएका छन् । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १ सय ६६ जना पुगेको छ । तीमध्ये १ हजार ९ सय २ जना निको भएका छन् । प्रदेशभर ३१ जनाको मृत्यु भएको छ ।