अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    काठमाडाै : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार ६८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।  

    अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

    यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।