२४ घण्टामा ८ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ८ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    काठमाडौं : पछिल्लो २४ घण्टामामा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ। 

    ६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। 

    गत २४ घण्टामा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला र कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   

    यसअघि नेपालमा मंगलबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।