अब मृत्युपछि कोरोना परीक्षण नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अब मृत्युपछि कोरोना परीक्षण नहुने

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    ‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने तर शवबाट नमूना निकाली परीक्षण गर्ने काम नगराउने,’ उहॉले भन्नुभयो ।