थप तीन कोरोना सङ्क्रमित निको (कुन स्थानीय तहमा कति ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थप तीन कोरोना सङ्क्रमित निको (कुन स्थानीय तहमा कति ?)

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा थप तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा भानु र व्यास नगरपालिकाका सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार व्यास नगरपालिकाका दुई र भानु नगरपालिकाका एक सङ्क्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोनाबाट निको हुनेको सङ्ख्या २ सय ३४ पुगेको छ । जिल्लामा बिहीबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ३ सय ७१ छ ।

    कार्यालयका अनुसार भानु नगरपालिकामा ३७, व्यास नगरपालिकामा ३८, शुक्लागण्डकी नगरपालिकामा १७, भीमाद नगरपालिकाका १४, म्याग्दे गाउँपालिकामा १५, घिरिङ गाउँपालिकामा २८, ऋषिङ गाउँपालिकामा ४८, देवघाट गाउँपालिकामा ३, बन्दीपुर गाउँपालिकामा २६ र आँबुखैरेनी गाउँपालिकामा ८ जना निको भएका छन् । जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३३ छ ।