तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि अमेरिकामा दुई हजार डलर भन्दा बढी रकम सङ्कलन भएको छ । मिर्गौला पीडित सन्तोष राना बचाउ अभियान अन्तरगत अमेरिकामा रहेका नेपालीबाट दुई हजार ६ सय ८१ डलर सङ्कलन भएको हो ।
रकम सङ्कलनका लागि न्युयोर्क निवासी आशिष थापा र कुलदिप राना मगरले विशेष भूमिका निर्वाह गरेका थिए । अमेरिकामा रहेका भीम थापाले मिर्गौला पीडित रानाको उपचारका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसअघि भीम थापाको पहलमा टेक्सासबाट दुई हजार ७ सय ७० डलर सङ्कलन भएको छ ।