देवघाटमा थपिए दुई कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा थपिए दुई कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका दुई पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा दुई पुरुषलाई सङ्क्रमण पुष्टि भएको हो ।

    गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार देवघाट गाउँपालिका-५ का २७ र ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै नवलपुरमा ८ र स्याङ्जामा एक सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२९१ पुगेको छ ।