संविधान कार्यान्वयन अहिलेको मुख्य कार्यभार : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान कार्यान्वयन अहिलेको मुख्य कार्यभार : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले संविधान कार्यान्वयन अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शनिबार शुभकामना दिँदै सांसद श्रेष्ठले गणतन्त्रको उपलब्धिको रुपमा प्राप्त संविधानको पूर्ण कार्यान्वयन नै अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।

    सांसद श्रेष्ठले संविधानको कार्यान्वयनसँगै समाजबादको यात्रामा गई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्न जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सांसद श्रेष्ठले ऐतिहासिक दिनको अवसरमा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको आन्दोलनमा ज्यान उत्सर्ग गर्ने शहीदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । कोभिड-१९ को जोखिम कायम नै रहेको अवस्थामा संविधान दिवसलाई उल्लासमय रुपमा मनाउने इच्छा रहेपनि जोखिमबाट जोगिदै एक आपसमा शुभकामना आदानप्रदान गरी दिवस मनाउन उहॉले आग्रह गर्नुभयो ।