तनहुँ : संविधान दिवसको अवसरमा तनहुँ कारागारबाट एक कैदी रिहा हुने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका २ सय ८९ कैदीबन्दीको कैद माफी गर्नुभएसँगै तनहुँ कारागारबाट पनि एक कैदी रिहा हुने भएका हुन् ।
सरकारको निर्णयसँगै व्यास नगरपालिका–४ का सोयप खान रिहा हुने भएको कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । साधारण चोरीमुद्दामा खान विसं २०७५ सालदेखि कारागारमा थिए । उनलाई दुई वर्ष ६ महिनाको कैद फैसला भएको थियो ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी देशभरका २ सय ८९ कैदीबन्दी रिहा हुने भएका छन् ।